नियम
इजाजतपत्र वा प्रमाणपत्र लिनु पर्ने
(१) कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न चाहने उत्पादक वा निर्माताले अनुसूची–१ बमोजिमको ढाँचामा इजाजतपत्रको लागि कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
(२) प्रमाण–चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने कुनै पदार्थ वा प्रक्रिया वा सेवाको सम्बन्धमा प्रमाणपत्र लिन चाहने उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले
अनुसूची–२ बमोजिमको ढाँचामा कार्यालयमा दरखास्त दिनु पर्नेछ ।